कोरियामा कार्यरत नेपालीको मेसिनमा टाउको च्यापिएर निधन
- असार ३१, २०७९
- 0
दक्षिण कोरियामा कार्यरत एक नेपालीको काम गर्ने क्रममा मेसिनले टाउको च्यापिएर घटनास्थलमै निधन भएको छ ।
बिहीबार काम गरिरहकै अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको हो । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।
ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।
फलाम काट्ने काम हुने कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोही कम्पनीमा दुर्घटनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










