कतारको जेलमा रहेका २१ नेपालीले पाए क्षमादान

news-details

विभिन्न कारण कतारको जेलमा रहेका २१ जना नेपालीले क्षमादान पाएका छन्।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा रहेका २१ जना नेपालीलाई क्षमादान दिएको नेपाली दूतावासले जनाएको हो।

विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेकाहरूलाई क्षमादान पाएकाबारे सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दोहास्थित नेपाली दूतावासले आज सूचना जारी गर्दै जनाएको छ।

क्षमादान पाउनेहरूमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा २ र आर्थिक हिनामिनामा कसुरमा ५ जना रहेको सूचनामा उल्लेख छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया