साउदी अरबले दियो एकैदिन ८१ जनालाई मृत्युदण्ड
- फाल्गुन २९, २०७८
- 0
साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो ।
यो सङ्ख्या साउदीमा गएको वर्ष दिएको मृत्युदण्डको कुल सङ्ख्या ६९ भन्दा धेरै हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेका छन् ।
मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
उनीहरूले महत्त्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएको, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएको वा हत्या गरेका र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










