यूएईले ल्यायो विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून
- माघ १८, २०७७
- 0
एजेन्सी / संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् भनेर नागरिकता दिने कानून ल्याइएको उसले जनाएको छ ।
यूएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमका अनुसार नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सुचिमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ ।
नागरिकता पाउन योग्य विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने पनि उनले बताए । युएईको विकास यात्रामा आकर्षित गर्न यस्तो कानुन ल्याइएको हो ।
यूएईको राजपरिवारका सदस्य वा अधिकारीले विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछन् । त्यसपछि त्यहाँको मन्त्रीपरिषदले आवश्यक निर्णय लिने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










