जापान प्रवेशमा नेपालीसहित विदेशी नागरिकलाई रोक
- पुस १२, २०७७
- 0
जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछी यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ ।
बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ ।
जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापान सरकारले निर्णय गरेको छ ।
थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन । यद्यपी नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ ।
-एजेन्सी
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










