सन्तोष साह बीबीसी मास्टरसेफको फाइनल राउण्डमै सीमित
- पुस ३, २०७७
- 0
नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्नबाट चुकेका छन ।
बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल प्रतियोगितामा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर बेलायतका २५ वर्षीय एलेक्स वेबले उपाधि जितेका हुन ।
अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्व सामु पस्किन पाएकोमा आफु खुशी रहेको साहले प्रतिक्रिया दिएका छन ।
प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका साहले फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको बताए । ३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।
साहले ट्रफी हात लगाउनु मात्र जित होइन भन्दै आफूले निर्णायक र नेपालीको मन जितिसकेको बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










