कुवेती सरकारद्वारा राजीनामा
- अशोज २१, २०७७
- 0
कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजीनामा दिएको छ ।
प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन् ।
आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजीनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।
कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।
रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










