कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामाग्री वितरण
- साउन २७, २०७७
- 0
कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन् ।
दुवै गैह्र सरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारिन्टिइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन्।
भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०-२० ओटा क्वारिन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।
कार्यक्रम अन्तर्गत ८० क्वारिन्टिनमा १० बर्षसम्म टिक्ने ८० शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ , ८० डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ ।
कतार च्यारिटी अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्य एक हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










