दीपक खड्का फेरि महावाणिज्य दूत नियुक्त
- साउन ८, २०७७
- 0
अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नी अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त भएका छन्।
नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुनस् चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको हो।
दोलखा थातथलो भएको महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य दूतका रूपमा कुशल भूमिका निर्वाह गरिसकेका छन्।
अस्ट्रेलियास्थित नेपाली राजदूतावासको सिफारिस तथा परराष्ट्रको प्रतिवेदनसँंगै मन्त्रिपरिषद् बैठकले महावाणिज्य दूत नियुक्त गर्ने परम्परा रहँदै आएको छ।
‘देशको प्रतिनिधित्व र गौरव गर्ने यो मौका राज्यले पुनस् दिएको छ,यसका लागि म सम्बन्धित निकायलाई धन्यवाद दिन चाहन्छु, यसको गरिमा घट्न दिने छैन’, खड्काले नियुक्ति पछि भने।
महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










