कुवेतबाट थप नेपाली आज आउँदै, टर्किस एयरलाइन्स विदेशी यात्रु लिएर फर्कियो
- जेष्ठ ३०, २०७७
- 0
चाँदनी हमाल / कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कदैछन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार १४२ जना महिलासहित दुई जना बालबालिका र सातजना भर्खर जन्मेका शिशु नेपाल आउँदैछन् ।
हिजो दुईवटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल फर्किएका छन् । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।
यसैबीच आज बिहान टर्की एयरलायन्सको एउटा जहाज नेपाल आएर फर्केको छ । जहाजमा उताबाट खाली आएको थियो । नेपालबाट भने जहाजले नेपालस्थित अमेरिकी र बेलायती नागरिक लिएर फर्केको विमानस्थलले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










