कतारले नेपाललाई कोरोना नियन्त्रणका लागि पठायो अत्यावश्यक स्वास्थ्य सामाग्री
- बैशाख १७, २०७७
- 0
कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप पठाएको छ ।
कतारका अमीर शैख तमीम बिन हमद अल थानीको निर्देशनमा उक्त सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले जानकारी दिएका छन ।
कतारले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











