कतारमा जेलजिवन विताइरहेका १७ नेपालीले पाए आममाफी
- बैशाख ११, २०७७
- 0
कतार सरकारले त्यहाँका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी दिएको कतारस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेकोमा यसमा परेर १७ नेपाली जेलमुक्त हुने भएका दूतावासले जनाएको छ ।
रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










