बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासद्धारा पुष्टि
- बैशाख ५, २०७७
- 0
खाडी मुलुक बहराइनमा पछिल्लो कोरोना परिक्षणका क्रममा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक बिज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । यस्तै दूतावासले विज्ञप्तीमा नेपाली समूदायलाई बहराइन सरकारले निर्देश गरे बमोजिम सुरक्षित र सचेत भएर बस्न आग्रह गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न भनेको छ ।
योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











