मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट पुर्याउदै, नेपाली पनि लाभान्वित हुने
- रोजगारमञ्च
- पुस ४, २०७६
- 0
मलेसिया सरकारले आफ्नो मुलुकमा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकहरुको न्यूनतम पारिश्रामिक बढाउने भएपछि यसबाट त्यहाँ कार्यरत लाखौ नेपाली पनि लाभान्वित हुने भएका छन ।
मलेसियाको मानव संसाधन मन्त्रालयले यही जनवरी १ तारिखदेखि लागू हुनेगरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट कायम हुने जानकारी दिएको छ । यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट थियो ।
मलेसियामा रहेका श्रमिक संगठनहरुले न्यूनतम पारिश्रामिक बृद्धिका लागि निरन्तर माग गर्दै आएका थिए । मलेसियामा हाल ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










