यूएईका लागि नेपाली राजदूत ढकालले बुझाए ओहदाको प्रमाणपत्र
- असार २४, २०७६
- 0
संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमकाबीच ढकालले त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २९ गते संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।
ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देशबारे जानकारी गराएका थिए ।
उपराष्ट्रपति तथा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले ढकालले बुझाएको ओहदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
ढकालले गत फागुन अन्तिम साताबाट युएईका लागि नेपाली राजदूतका रुपमा जिम्मेवारी सम्हालेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










