कतारमा पत्रकारिता सम्वन्धी साक्षात्कार एवं सचेतनामूलक कार्यक्रम सपन्न
- असार ३, २०७६
- 0
उद्धव मगर /नेपाल पत्रकार महासंघ कतार शाखाले पत्रकारिता तथा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
दोहा कतारमा आयोजित कार्यक्रममा नवोदित साहित्य डवलीको विशेष प्रस्तुती र विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंग कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार गणेश बन्जाडे, पूर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, नेपालबाट आएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल, सचिव दिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेषत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको थियो । पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले पत्रकारितासम्बन्धी दुई घण्टा लामो प्रशिक्षण दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










