युएईमा अलपत्र ७ नेपाली दूतावासको सहयोगमा स्वदेश फर्काइयो
- जेष्ठ ३०, २०७६
- 0
विगत ३ महिनादेखि अलपत्र परेका ७ नेपालीलाई युएईमा रहेको नेपाली दुतावासको पहलमा स्वदेश फर्काइएको छ । कम्पनीले तलब नदिएपछि अलपत्र परेका १२ नेपालीमध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्याएर घर फर्काएको हो । अन्य ५ जनाको पनि स्वदेश फिर्तिका लागि आवश्यक प्रक्रिया भैरहेको दुतावासले जनाएको छ ।
यसरी फर्किनेहरुमा मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् ।
काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएईको एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा गएका उनीहरुलाई कम्पनीले तलब नदिएर अलपत्र बनाएको थियो । यसबारे पीडित कामदारले एक महिनाअघि दूतावासलाई अवगत गराएपछि दूतावासले उनीहरुलाई स्वदेश फर्काउन सहयोग गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










