मलेसियामा बस दुर्घटनामा परी २ नेपालीको मृत्यु, ३ जना गम्भीर घाइते
- चैत्र २५, २०७५
- 0
मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् ।
दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते भएका अन्य ३ नेपालीको उपचार भइरहेको दूतावासले जनाएको छ । नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङ ठाउँमा दुर्घटनामा परेको थियो ।
८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भने थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
४३ जना सवार बस पानीको निकासको नालामा खसेर दुर्घटना भएको जनाइएको छ । घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










