तालिवानको आक्रमणमा परेर अफगानिस्तानमा एघार नेपाली घाइते
- मंसिर १४, २०७५
- 0
अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् ।
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिकसहित १६ जना घाइते भएको पुष्टि गरेको छ ।
उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ ।
बुधबार जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परी चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










