केन्याको क्लबबाट २१ नेपाली महिलाको उद्धार
- साउन ५, २०७५
- 0
केन्याको राजधानी नाइरोबीबाट २१ जना नेपाली महिलाको उद्धार गरिएको छ । सनिबार बाहिरी भेगमा रहेका दुईवटा क्लबमा छापा मारेर स्थानीय प्रहरीले उद्दार गरेको हो । ती महिलालाई शोषणका निम्ति केन्यामा बेचबिखन गरिएको प्रहरीले जनाएको छ। स्थानीय प्रहरीका अनुसार बेचबिखनको शंकामा तीनजनालाई पनि पक्राउ गरिएको छ।
प्रहरीले मानव बेचबिखनको अन्तर्राष्ट्रिय गरोहसँगको सम्भावित सम्बन्धको छानबिन गरिरहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
यसै वर्षको जनवरी महिनामा मोम्बासा शहरबाट सातजना नेपाली र तीनजना भारतीय युवतीको उद्धार गरिएको थियो। अभियानकर्मीहरूका अनुसार हरेक वर्ष हजारौं नेपाली महिला र बालबालिका बेचबिखनमा पर्छन्। ती मध्ये कैयौंलाई छिमेकी भारत वा अन्य देशमा यौनधन्दामा लाग्न बाध्य पारिने गरिएको बताइएको छ ।
नेपाली महिलाहरूलाई अफ्रिकी मुलुकहरूमा बेचबिखन गरि खासगरी डान्सबार जस्ता क्षेत्रमा काम गर्न बाध्य पार्ने गरिएको बीबीसीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










