एनपीएलको दोस्रो सिजन आजदेखि, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर र काठमाडौं भिडदै
- मंसिर १, २०८२
- 0
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुदैछ।
क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् ।
किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ। यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ।
दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ। यस पटक कुल ३२ खेल हुने छन्।
जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन्।
सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन्। हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ।
यस पटक फाप डुप्लेसि, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन्। दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन्।










