एनपीएल : सुदूरपश्चिमको लगातार दोश्रो जित, काठमान्डुलाई ७३ रनले हरायो

news-details

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आजको भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौं कमजोर स्कोरमा अलआउट भयो।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे। काठमाडौंका ‌ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए भने भीम सार्की र गेरार्ल्ड इरासमस १०-१० रन जोडेर आउट भए। यस्तै सुमित महर्जनले १४ रन, प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए।

त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।

यस्तै सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन जाडे । ओपनिङमा आएका सइफ जबइले ११ रनमा आउट हुदा अर्का ओपनिङ ब्याटर विनोद भण्डारी पनि ३५ रन बनाएर आउट भए ।

यस्तै रोहन मुस्ताफ ४ रनमा बोल्ड भए भने आरिफ शेख रनआउट भए । यस्तै स्कट कुगेलेइनले नटआउट ७ रन जोडे।

बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिए। उनले चार ओभरमा २० रन दिए। करण केसी, शाहब आलम र गेरार्ल्ड इरासमसले १-१ विकेट लिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया