नेपाल दोस्रो खेलमा पनि पीएनजीसँग पराजित, सिरिजमा पीएनजीको क्लीन स्वीप

news-details

पपुना न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ ।

कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपाल पराजित भएसँगै दुई खेलको सिरिजमा पीएनजीले २–० ले क्लीन स्वीप गरेको छ ।

जितका लागि दुई सय ७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८.४ ओभरमा सात विकेटको क्षतिमा दुई सय ८३ रन बनाएको थियो । पीएनजीका लागि लेगा सइकाले सर्वाधिक ९० रन बनाए । रिले हेकुरेले अविजित ४८, सेसे बाउले ३८, चाल्स अमिनीले ३५, चाद सोपरले अविजित १६, हिरी हिरीले १३ र नार्मोन भानुले ११ रन बनाए ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए भने पवन सर्राफले दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले एक सय पाँच रनको शतकीय पारी खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा पाँच रन जोड्दा दुई विकेट गुमाएको थियो ।

कुशल भुर्तेल पहिलो बलमै गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा क्याच आउट भएका थिए । तेस्रो नम्बरमा क्रिजमा आएएका देव खनाल र चौथो नम्बरका दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटको लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा लगेका हुन ।

देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने ७२ रन बनाए । रोहित पौडेलले ३५, भीम सार्कीले २६ र कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा पीएनजीका अलेइ नाओले तीन विकेट लिए । नोरमान भानुअले दुई तथा चाड सोपर र चाल्र्स अमिनीले एक एक विकेट झारे ।

नेपालले अब सोमबारदेखि कीर्तिपुरमै पीएनजी र मलेसिया सम्मिलिति टी–२० त्रिदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । सिरिजमा एक टिमले अर्को टिमसँग दुई दुई खेल खेल्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया